प्रधानमन्त्री भेटेपछि नायिका श्वेता खड्का दंग, लेखिन् यस्तो स्टाटस !

appharu
0
Shares

काठमाडौं – नायिका श्वेता खड्काले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पाएकोमा दंग भएको बताउनुभएको छ । हिजो , सम्माननीय प्रधानमन्त्री के पि शर्मा ओली ज्युसंग भेट्ने शुभ अवसर जुर्‍यो । भन्दै उहाँले स्टाटसमा थप्नुभएको छ । ”भेटका अवसरमा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीको बारेमा कुरा भयो । भेटका क्रममा उहाँले प्रकट गर्नु भएको सकारात्मक बिचार र द्रुढ इक्ष्याशक्ती र देखेर म त दङ्ग भएँ । प्रधानमन्त्री ज्युबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले म भित्र भिन्नै जाँगर थपिदिएको छ । ५३ घर माझी परिवारका लागी एउटा सुन्दर बस्ती बनाउने यो अभियानमा सबै तह , सबै तप्का र सबै पक्षलाई जोड्ने मेरो प्रयास जारी छ । लौन त , राजनैतिक द्रेश र अतिवादी सोचलाई पैताला मुनी कुल्चिएर सामाजिक बिकासको पाटोमा हामी सबैले साझा पाईला चाल्ने कि !
यस्तो लेख्दै उहाँले स्टाटससहित फोटो पोष्ट गर्नुभएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?