नियम विपरित काठमाडौं महानगरले एक अर्ब रुपैयाँ मुद्दती खातामा राखेका खुलासा

appharu
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासको क्षेत्रमा विनियोजन गरेको बजेट खर्च गर्न नसकेपछि बढी ब्याजका लागि मुद्दती (फिक्स डिपोजिट) खातामा जम्मा गरेको पाइएको छ । महानगरले गत आर्थिक वर्षको विकास बजेटअन्तर्गतको खर्च हुन नसकेको १ अर्ब बैंकमा जम्मा गरिएको बताएको छ । सरकारको आर्थिक कार्यविधि ऐनविपरीत महानगरले यसरी ब्याजमा राखेको पाइएको हो ।
काठमाडौं विभिन्न समस्याले ग्रसित छ । कैयाैं स्थानमा पूर्वाधारका धेरै काम गर्नुपर्ने अवस्था छ भने वातावरणीय प्रदूषण नियन्त्रण तथा फोहोर व्यवस्थापन गर्नुपर्ने अवस्था पनि छ । तर, यस्ता कैयाै‌ महत्वपूर्ण कार्य गर्न छोडेर विकास बजेट बैंकमा राखिएको भन्दै महानगरको आलोचना भएको छ । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?