३१ भाद्र २०७६, मंगलवार २१:५३

लेक लागेर पर्यटकको मृत्यु


प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलवार २१:५३

मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो । केही दिनयता लगातार वर्षा हुँदा पर्यटकलाई समस्या भएको छ । निरन्तरको वर्षा र बाक्लो हुस्सुका कारण खुम्बु क्षेत्रको भ्रमणमा आएका सयौँ पर्यटक लुक्ला आएर बसेका छन् ।

केही पर्यटक झण्डै डेढ घण्टा पैदल यात्रापछि सुर्के आएका छन् । उनीहरु हेलिकप्टरमा काठमाडाँै फर्किने तयारीमा छन् । आज बिहान चाँैरीखर्क र सुर्केबाट विदेशी तथा नेपाली यात्रु लिएर गएका १० हेलिकप्टरले काभ्रेपलाञ्चोक र रामेछापमा आकस्मिक अवतरण गरेका थिए । शुक्रबारदेखि मौसम प्रतिकूलका कारण खुम्बु क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस
हातहतियार तथा डाँका मुद्दामा फरार दुई पक्राउ

काठमाडौं । हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई

विप्लवको राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरु भेटिए

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको

महराले दिए यस्तो बयान

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको बलात्कार प्रयासको आरोप इन्कार गरेका छन् ।

ओलीको अभिव्यक्तिपछि प्रचण्डसँग दूरी बढ्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड