जनतावाट अनुमोदित सरकार अधिनायकवादी हुन सक्दैन : उपप्रधानमन्त्री पोखरेल

काठमाण्डौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले जनताको हित विपरीत सरकार जान नसक्ने बताउनुभएको छ । काठमाडौँ चेम्बर अफ कमर्सले गरेको रक्तदान कार्यक्रममा उहाँले जनताको मतबाट गठन भएको सरकार जनताको हित विपरीत जान नसक्ने बताउनुभयो ।

आवधिक निर्वाचन, कानूनी शासन र जनतावाट अनुमोदित भएको सरकार अधिनायकवादी हुन सक्दैन मन्त्री पोखरेलको भनाई थियो ।
उहाँले वर्तमान सरकार उद्योगी र व्यवसायीकोे समस्या समाधानमा गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?