चिनियाँ चलचित्रको व्यावसायिकताबाट पाठ सिक्नु पर्छ : विकास बोर्ड अध्यक्ष भट्टराई

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपालमा चिनियाँ चलचित्रको बजार खोज्न सकिने बताउनुभएको छ ।

काठमाण्डौंमा मंगलबार भएको ‘चाइना फिल्म फेस्टिभल’ उद्घाटन कार्यक्रममा अध्यक्ष भट्टराईले चिनियाँ चलचित्र उद्योगले विश्वमा छुट्टै परिचय स्थापना गरिसकेको र चिनियाँ चलचित्रको उत्कृष्ट बजार व्यवस्थाबाट नेपालीले सिक्न विषय धेरै रहेको बताउनुभयो ।

चीन र नेपालको सांस्कृतिक महत्त्व रहेको भन्दै तीन दिनसम्म चल्ने चिनियाँ फिल्म फेस्टिभलको सफलताको शुभकामना अध्यक्ष भट्टराईले शुभकामना समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?