सिटि एक्सप्रेसले ल्यायो यस्तो योजना

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै नयाँ योजना लागु गरेको छ । सिटि एक्सप्रेसले आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने ९“लखपति एक्स्प्रेस २०७६ ० न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको हो ।
कम्पनीका अनुसार यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले २०० रुपैयाँ को मोबाइल टप अप जित्न सक्ने छन् ।

त्यस्तै साप्ताहिक रुपमा १ जना विजेताले १० हजार र हरेक महिना लक्कीड्रमा विजयी हुने १ जनालाई एक लाख रुपैयाँ उपहार प्रदान गरिने जनाइएको छ ।
“लखपति एक्स्प्रेस २०७६ , न यति न उति सिधै लखपति” अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुने समेत कम्पनीले जनाएको छ ।

विद्युतीय प्रणालीद्वारा छनौट गरिने यो योजनामा सिटि एक्सप्रेस मार्फत अबधीभरि पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
साथै यो उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु १० लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?