राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाइएको छ: मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाएको बताउनुभएको छ ।

मन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हित र सबै राष्ट्रसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढने मुलुकको परराष्ट्र नीति रहेको पनि स्मरण गराउनुभयो । पूर्व सांसद मंच, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भारत र चीन दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ बनाइएको पनि बताउनुभयो ।

मन्त्री ज्ञवालीले विश्व शान्ति, न्याय र समृद्धि नेपालले चाहेकाले सोही अनुसारको अन्तराष्ट्रिय सम्बन्धको विकासमा जोड दिइएको पनि स्पष्ट पार्नु भयो । उहाँले मुलुकको समृद्धिका लागि सरकारले बाह्य लगानी भित्र्याउने कामलाई उच्च प्राथमिकता दिएको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?