सरकारले ल्यायो कर्मचारीको लागी नयाँ पेन्सन योजना, यस्ता छन् सुविधा

काठमाडौं । कर्मचारी संचय कोषले आफ्नो ५८ औं वार्षिकोत्सवको अवसरमा सरकारी कर्मचारीको पेन्सनको लागी नयाँ योजना लागु गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले कार्यक्रम उत्घाटन गर्दै उक्त योजना औपचारिक रुपमा शुभारम्भ भएको घोषणा समेत गर्नुभएको हो ।

योगदानमा आधारित निवृत्तिभरण कोषु नाम दिईएको यस योजनामा २०७६ साउन १ पछि नियुक्त भएका स्थायी निजामती , प्रहरी, सैनिक, शशस्त्र, र नेपाल विशेष सेवाका कर्मचारी समावेश हुन् सक्ने छन् ।

यो योजना लागु भएपछि सरकारी सेवामा आबद्ध भएका कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत काटिनेछ । साथै त्यहि अनुपातमा नेपाल सरकारले पनि सहयोग गर्नेछ । प्रत्येक ३ बर्षमा निवृत्तिभरण रकम १० प्रतिशतका दरले बढीमा ५ पटक बढ्ने संचय कोषले जनाएको छ ।

तस्वीर गूगल

यदि कोहि कर्मचारी २० वर्षे सेवा अवधी पुरा नगरी सेवाबाट बाहिरिएमा सेवा अवधीमा जम्मा गरेको रकम , व्याज र त्यसबाट प्राप्त मुनाफा समेत पाउनेछन ।  २० वर्षे अवधी पुरा भएका कर्मचारीले भने निवृतीभरण कोष ऐन २०७५ मा लागु भए अनुसार भुक्तानी पाउनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?