मौसम पूर्वानुमान : यस्तो रहनेछ आगामी ३ दिनको मौसम

काठमाडौं । हाल देशका पूर्वी तराइ, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाँकि भू-भागमा पनि आँशिक देखि सामान्य बादलीको अबस्था छ ।

पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पश्चिमि भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने अनि नदिमा पानिको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र ३१ गते (मंगलबार)

दिउँसो:  देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्वी भुभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ । देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

राती:  देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।

असोज १ गते (बुधबार)

दिउँसो:  देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ । देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

राती: देशभर पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित मध्यम वर्षा हुनेछ । पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।

असोज ०२ गते (बिहिबार)

दिउँसो: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ ।

राती: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?