गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ‘कबड्डी कबड्डी कबड्डी’ टिमको सहयोग

काठमाण्डौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टिमले भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख रकम सहयोग गरेको छ ।

‘कबड्डी कबड्डी कबड्डी’ कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र निर्माता मणिराम पोखरेलले ‘धुर्मुस सुन्तली फाउन्डेसन’का अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो । रामबाबु गुरुङद्वारा निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ले असोज ३ गतेबाट नेपालभर प्रदर्शन हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?