सिभिल हस्पिटलको चरम लापरवाहीले क्यान्सर

appharu
0
Shares

उदयपुर– उदयपुरको एक निजी अस्पतालको लापरबाहीका कारण आफुलाई क्यान्सर भएको भन्दै यहाँकी एक महिलाले न्याय माग्दै पत्रकार र सरोकारवाला गुहारेकी छिन्। दुई महिनासम्म महिनावारी रोकिएपछि चेकजाँचका लागि सदरमुकाम गाईघाटस्थित सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर पुगेकी त्रियुगा नगरपालिका–१२ की कमला रोकाले पउपचारमा लापरबाही गरेकाले आफुलाई क्यान्सरजस्तो खतरनाक रोग लागेको गुनासो गरेकी छिन्।

पीडित रोकाका अनुसार महिनावारी रोकिएपछि चेकजाँच गर्न गत वैशाख १३ गते अस्पताल पुग्दा डा. मोहम्मद अजिजले स्वास्थ्य परीक्षणपछि उनको पेटमा बच्चा रहेको भन्दै गर्भपतन गर्न सुझाए। तर, गर्भपतन गर्नुअघि बच्चा भए नभएको यकिन गर्न भिडियो एक्स–रे गर्दा बच्चा नभई मासुको डल्लाजस्तो देखिएको रिपोर्ट आए पनि उनलाई जानकारी नदिइ बच्चा नै छ भनेर गर्भपतन गराएको कमलाको दावी छ।

अजिजको सुझाव अनुसार सोही दिन गर्भपतन गरेर घर फर्केकोमा सातादिनसम्म रक्तश्राव नरोकिएपछि पुनः चेकजाँच गर्न जाँदा पुनः गर्भपतन गराएर आप्mनो स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको उनको गुनासो छ। दुई पटकसम्म गर्भपतन गरेपछि पुनः भिडियो एक्स–रे गर्दा पनि बच्चा जस्तो वस्तु देखिएपछि भने उनलाई शंका लागेर अर्को अस्पताल जाँदा आफुलाई क्यान्सर भइसकेको पत्ता लागेको कमलाको दुःखेसो छ।नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?