चलचित्र ‘तिमीसँगै हुने मन छ’ मा रविन्द्र अनुबन्धीत

काठमाण्डौं । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा अभिनेता रविन्द्र झालाई अनुबन्ध गरिएको छ ।

आफ्नो अभिनयले दर्शकको मन जित्न सफल झाले पछिल्लो समय एकपछि अर्को सिनेमामा काम गर्दै आउनु भएको छ । कलाकार झालाई राम्रो पारिश्रमिक दिएर अनुबन्धित गरिएको निर्देशक भट्टराईले जानकारी दिनुभयो ।

ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुने प्रेमकथामा आधारित चलचित्रको अधिकांश छायांकन पोखरामा हुने बताईएको छ । तस्वीर : अभिनेता झाकाे फसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?