भारतीय गायक कक्कर नेपाल आउँदै

बलिउड गायक टोनी कक्कर नेपाल आउनुहुने भएको छ । आफ्नो गायकीबाट अत्याधिक स्रोता दर्शकको मन जितेका टोनी असोज २ सी एन आई इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागि नेपाल आउँन लाग्नुभएको हो ।

पछिल्ला समय भारतीय कलाकारहरु नेपाल आउने क्रम बढेको छ । टोनीले ठमेलको ‘क्लब फहरेन्टहाइट’मा आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

एक भिडियो सन्देश मार्फत ‘भिजिट नेपाल २०२०’को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आफ्ना शुभचिन्तकहरुलाई कक्रले आग्रह गर्नुभएको छ । असोज २ गते बिहिबार साँझ ८ बजेबाट सुरु हुनेछ । कक्करले गाएका ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?