‘कबड्डी कबड्डी कबड्डी’को ‘माया पिरती’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को नयाँ गीत ‘माया पिरती’सार्वजनिक भएको छ । असोज ३ गतेबाट प्रदर्शनमा आउँने चलचित्रको ‘माया पिरती’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो ।

गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत तथा स्वर रहेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिस्मा गुरुङ, बुद्धी तामाङ, बिजय बराल, कर्मा शाक्य, विल्सन विक्रम राई लगायत कलाकारको अभिनय छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशक गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?