निश्चल बने ‘घामड शेरे’

काठमाडौं । चलचित्र ‘घामड शेरे’को पोस्टर सार्वजनिक भएको छ ।

कात्तिक ८ बाट प्रदर्शन हुने चलचित्रको सार्वजनिक पोस्टर अन्य नेपाली चलचित्रका पोस्टरभन्दा केही फरक देखाउने प्रयास गरिएको छ ।

चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको भएपनि पोस्टरमा निश्चललाई मात्र फिचर्ड गरिएको छ।
‘घामड शेरे’ हेमराज बिसीले निर्देशन गरेको चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?