जलिरहेको महिलाको शव प्रहरी नियन्त्रणमा, श्रीमान् पक्राउ

पर्सा । बारामा शंकास्पद रुपमा एक महिलाको शव जलाउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली टोलका बच्चु साह तेलीकी श्रीमती ४५ वर्षिय रामरती देवीको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार राति करिब २ बजेको समयमा शंकास्पद शव जलाइरहेको भन्ने खबर प्राप्त हुने बितिक्कै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महिलाको शव नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

मध्यरातमा गाउँको नियमित शव जलाउने ठाउँभन्दा अन्यत्रै शव जलाइरहेको थाहा पाएपछि शवलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार शव करिब ७५ प्रतिशत जलिसकेको अवस्थामा पोष्टमार्टमको लागि पठाइएको अस्पताल पठाइएको छ ।

शव जलाइरहेका मृतक महिलाका श्रीमानलाई अनुसन्धानका लागि प्रहरी पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?