बर्दियामा १३ वर्षीय बालिका बलात्कृत, ७६ वर्षीय वृद्द पक्राउ

काठमाडौं । बर्दियामा १३ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका-१ पाठक चोक बस्ने ७६ वर्षीय भक्तबहादुर सुनारलाई आइतबार दिउँसो पक्राउ गरेको छ ।
बालिकालाई ललाई-फकाई सोही ठाउँस्थित सहमती सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?