संसदमा सत्ता र प्रतिपक्षीको वाकयुद्ध, कांग्रेसद्वारा रोष्टम घेराउ

काठमाडौं । बाँके घटनालाई लिएर नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । सत्तापक्ष केकपाका सांसदले बाँके घटनामा संलग्न भएकालाई कारबाही गर्न नहुने बताएपछि नेपाली कांग्रेसका सांसदहरुले सोमबार दिउँसो रोष्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सत्तापक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षको संलग्नता नरहेको भनेपछि प्रतिपक्षी सांसद भुसालको भनाइप्रति असहमति राखेपछि कांग्रेस सांसदहरुले आपत्ति जनाउँदै रोष्टम घेराउ गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?