१३ माघ २०७९, शुक्रवार

सरकारी जागिर खाने हो ? नेपाल बैंकले माग्यो ५६३ जना कर्मचारी !

२०७६,भाद्र,३०,सोमवार १५:४८

0
Shares

काठमाडौं । नेपाल बैंकले विभिन्न पदमा ५६३ जना कर्मचारी माग गरेको छ । बैंकले छैठौ तहको सहायक प्रवन्धक पदका लागि १२६ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै यसै पदका लागि १० जना चार्टर्ड एकाउन्टेन्टका लागि विज्ञापन खुला गरेको छ । केन्द्रिय स्तरको कार्यालयका लागि सूचना प्रविधि शाखामा सहायक माग गरेको छ ।

छैठौ तहका लागि कम्तीमा पनि स्नातकोत्तर गर्नु पर्नेछ । चार्टर्ड एकाउन्टेटका लागि मान्यता प्राप्त संस्थाबाट सिएरएसिसिए उत्तीर्ण गरेको हुनुपर्छ।बैंकले प्रदेश स्तरका शाखा कार्यालयका लागि ४२२ जना कर्मचारी माग गरेको छ। चौथो तहका लागि पाँचै प्रदेशमा गरेर ३५२ जना कर्मचारी माग गरेको छ । यस पदका लागि न्यूनतम स्नातक गरेको हुनु पर्छ ।

तेस्रो तहमा सम्पुर्ण प्रदेशमा गरेर ७० जना कर्मचारी आह्वान गरिएको छ। यस पदका लागि प्लस टु उत्तीर्ण गरेको भए पुग्छ। प्रदेश स्तरका शाखा कार्यलयमा छनौट भएका कर्मचारीले कम्तीमा पनि ५ देखि ७ वर्ष अनिवार्य सेवा गर्नुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका इच्छुक आवेदकले असोज १९ गतेसम्म अनलाईन आवेदन दिन सक्नेछ ।

प्रकाशित मिति: २०७६,भाद्र,३०,सोमवार १५:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमा नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ८ गते अध्यावधिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब आठ करोड ६३ लाख सात

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६