४१ लाखको चेकसहित १३ लाख नगद बोकेका एक जना पक्राउ

काठमाडौं । प्रहरीले ४१ लाख भन्दा बढी रकम लेखिएको चेक र १३ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगर छन् ।
मगरलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेक सहित काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर चोकबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?