पुर्नबहालीको माग गर्दै रेडियो नेपाल पुगेका पत्रकार पक्राउ

काठमाडौं । रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट निष्काशनमा परेका पत्रकाहरुले पुर्नबहालीको माग गर्दै धर्ना दिने तयारी गरेपछि पक्राउ परेका छन् । आन्दोलनमा उत्रिएका पत्रकारले रेडियो नेपालमा तालाबन्दी गर्न लागेपछि प्रहरीले रेडियो नेपाल हाताबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम विरही, मीन बम र दिलिप पौडेल रहेका छन् ।
उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

पुनर्बहालीका लागि प्रशासनसँग भएको वार्ता विफल भएपछि रेडियो नेपाल हातामा नाराबाजी गर्दा आफूहरूलाई प्रहरीले पक्राउ गरेको प्रेस युनियनका महासचिव शिवाकोटीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?