बन्द भएका उद्योग चलाउन औद्योगिक व्यवसाय विधेयक ल्याइएको हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बन्द भएका उद्योग सञ्चालन गर्नेगरी औद्योगिक व्यवसाय विधयेक अघि बढाइएको बताउनुभएको छ । संघीय संसद्को राष्ट्रियसभाको बैठकमा विधयेक प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले औद्योगिक व्यवसाय विधयेक ऐन बनेपछि औद्योगिक र व्यावसायिक वातावरणमा सहजता ल्याउने अर्थमन्त्री खतिवडाको भनाई छ ।

उहाँले औद्योगिक वातावरण सहज बनाउने, लगानी खुकुलो बनाउने र औद्योगिक प्रतिष्ठान खोल्ने तथा बन्द गर्न सजिलो व्यवस्था गरेर विधयेक ल्याइएको दाबी गर्नुभयो ।

प्रतिनिधिसभाबाट पारित भएको औद्योगिक व्यवसाय विधयेक राष्ट्रियसभामा प्रस्तुत गरिएको छ ।

विधयेकमा संशोधनका लागि मंगलबार बेलुकीसम्मको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?