क्रिकेट संघको साधारणसभा असोज दोस्रो साता, नयाँ नेतृत्वको चयन गरिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा असोज दोस्रो साता हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का उपाध्यक्ष इमरान ख्वाजा र अमर शेख र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालबीच सोमबार काठमाडौंमा भएको वार्तामा आगामी असोज १० र ११ मा विशेष साधारणसभा गर्ने सहमति भएको हो । उक्त साधारणसभाले क्रिकेट संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
यसअघि स्वतन्त्र टोलीले असोज ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो ।

तर राखेपले आफूसँग अनुमति नलिएको, २१ दिन म्याद नदिएको र निर्वाचन समिति आफूले बनाउनुपर्ने भन्दै अधिवेशन रोक्न निर्देशन दिएको थियो । समाधानको संघारमा पुगेको विवाद बल्झिने अवस्था आएपछि आईसीसीका उपाध्यक्ष ख्वाजा र स्वतन्त्र टोलीमा रहेका शेख नेपाल आउनुभएको थियो । उहाँहरुको सहभागितमा भएको सहमतिअनुसार अब स्वतन्त्र टोलीले क्रिकेट संघको साधारणसभा गर्न राखेपसँग अनुमति लिनुपर्नेछ ।
निर्वाचन भने आईसीसी प्रतिनिधि समेत रहेको स्वतन्त्र टोलीले नै गराउनेछ ।

दिन म्याद नदिएको र निर्वाचन समिति आफूले बनाउनुपर्ने भन्दै अधिवेशन रोक्न निर्देशन दिएको थियो । समाधानको संघारमा पुगेको विवाद बल्झिने अवस्था आएपछि आईसीसीका उपाध्यक्ष ख्वाजा र स्वतन्त्र टोलीमा रहेका शेख नेपाल आउनुभएको थियो । उहाँहरुको सहभागितमा भएको सहमतिअनुसार अब स्वतन्त्र टोलीले क्रिकेट संघको साधारणसभा गर्न राखेपसँग अनुमति लिनुपर्नेछ ।

निर्वाचन भने आईसीसी प्रतिनिधि समेत रहेको स्वतन्त्र टोलीले नै गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?