चलचित्र पढ्ने हो ? खुल्यो ‘नेपाल फिल्म क्याम्पस’

काठमाडौं – तपाईलाई चलचित्रबारे अध्ययन गर्न मन छ ? त्यसो भए खुसीको खबर । चलचित्र सम्बन्धी अध्ययन गराउने ध्येयले नयाँ क्याम्पसको स्थापना भएको छ । चार बर्षीय स्नातक अध्ययनका लागि ‘नेपाल फिल्म क्याम्पस’ खुलेको हो। क्याम्पसमा चलचित्र लेखन, निर्देशन, दृष्य सम्पादन, छायांकन, अभिनय र ध्वनी सम्बन्धी पाँच विषयमा स्नातक गराउने छ । त्रिभुवन विश्व विश्वविद्यालय सम्बन्धन प्राप्त गरी ‘नेपाल फिल्म क्याम्पस’मा यसै शैक्षिक सत्रबाट पढाई सुरु हुनेछ । चलचित्रमा स्नातकको अध्ययन सुरु गराउन लागेको हो ।

काठमाण्डौको बाँनेश्वरमा रहेको क्याम्पसमा आईतबार पत्रकार भेटघाट आयोजना गर्दै कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले कलेजले चलचित्र अध्ययनका लागि भर्ना सुरु गरेको र नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीहरुलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा ल्याएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?