स्पेनले चुम्यो फिबा विश्वकपको उपाधि

एजेन्सी । फिबा बास्केटबल विश्वकपको उपाधि स्पेनले हात पारेको छ । आइतबार राति भएको फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले उपाधि चुमेको हो ।
चीनको बेइजिङमा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई ९५-७५ अंकले हराउँदै उपाधि हात पारेको हो ।

योसँगै स्पेनले १३ वर्षपछि बास्केटबलमा ठुलो उपाधि जितेको छ । स्पेनले सन् २००६ को विश्वकपपछि उपाधि जितेको थिएन् । स्पेनको यो दोस्रो विश्वकप उपाधि समेत हो ।

विजेता स्पेनसँगै उपविजेता अर्जेन्टिना जापानमा आगामी वर्ष हुने टोकियो ओलम्पिकका लागि समेत छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?