काठमाण्डौं । चलचित्र ‘मेरो दिल छ पोखरामा’ बन्ने भएको छ। बिजि बर्मा फिल्मसको ब्यानरमा निर्माण हुँने चलचित्र त्रिकाणात्मक प्रेम कथामा आधारीत रहेको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताउनुभयो ।
चलचित्रमा रोशन बिसि, रन्जु रन्जना र राजु पौड्याल, कला राई, दिपक राई,लक्ष्मी श्रेष्ठ, गंगा कुवँरको अभिनय रहनेछ।
रामकृष्ण कडेँलको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जनको नृत्य पुरुषोत्तम न्यौपाने, शंकर अधिकारीको संगीत, दिपेन्द्र खड्का, शंकर अधिकारीको गीत, पुरुषोत्तम न्यौपाने, बिजय अधिकारी र ममता रानाको अवाज रहने चलचित्र कला राईको प्रस्तुतीमा निमार्ण गर्न लागिएको हो ।
पोखरा र काठमाडौंको आसपासमा छायांकन हुने चलचित्रलाई आगामी फागुनको अन्तिम साता रिलिज गरिने तयारी निर्माण टोलिले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया