‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक कोका–कोला

काठमाडौं । चर्चित गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ को मुख्य प्रायोजन कोका–कोलाले गर्ने भएको छ ।

आइडलले देशभरका विभिन्न शहरहरुमा तेस्रो सिजनको अडिसनको घोषणा गरिसकेको छ । नेपालमा पहिलोपटक कोका–कोलाले गायन प्रतियोगितामा प्रायोजन गरेको हो ।

नेपाल आइडलको सिजन १ र २ दर्शकले निकै रुचाएपछि आयोजकलाई तेस्रो सिजन गर्ने उर्जा मिलेको छ । पहिलो र दोस्रो सिजनमा न्ह्यू बज्रचार्य, कालिप्रसाद बाँस्कोटा र इन्दिरा जाशी जजको रुपमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?