फिल्म अध्ययनका लागि ‘नेपाल फिल्म क्याम्पस’ को स्थपना

काठमाडौं । चलचित्र अध्ययनका लागि नयाँ क्याम्पस स्थापना भएको छ । चलचित्रमा चार वर्षीय स्नातक अध्ययनका लागि आईतबारबाट ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो । त्रिभुवन विश्व विधालयसँग सम्बन्धन प्राप्त गरी नेपाल फिल्म क्याम्पसमा यसै शैक्षिकसत्रबाट फिल्ममा स्नातकको अध्ययन सुरु गराउन लागेको क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीले बताउनुभयो ।

काठमाडौंको बानेश्वरमा आईतबार भएको पत्रकार सम्मेलनमा प्रिन्सिपल उप्रेतीले कलेजले फिल्म अध्ययनका लागि भर्ना सुरु गरेको जानकारी दिनुभयो । नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विधार्थीहरुलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा ल्याएको उहाँको भनाई थियो ।

कलेजले चलचित्र लेखन÷निर्देशन, दृष्य सम्पादन, छायांकन, अभिनय र ध्वनी सम्बन्धी पाँच विषयमा स्नातक गराउने छ । अन्य कलेज भन्दा शुल्क थोरै राखिएको र केही विधार्थीहरुलाई स्कलर शिपको ब्यबस्था गर्ने पनि कलेजले जनाएको छ ।

चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईले गुणस्तरीय चलचित्र शिक्षाका लागि स्थापना भएको कलेजले नेपाली चलचित्र उधोगको विकाशमा ठुलो टेवा पु-याउने विश्वास आफुले लिएको बताउनुभयो । सैद्धान्तिकसँगै प्राविधिक रुपमा दक्ष विधार्थी यो क्याम्पसले जन्माउने र त्यस्ता विधार्थीले राम्रो चलचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय बजारमा पु-याउने विश्वास उहाँको छ। क्याम्पसलाई आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको अध्यक्ष भट्टराईको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?