९ चैत्र २०७९, बिहीवार

सकियो आईजीपि विवाद, नवराज सिलवालको रिट सर्वोच्चद्धारा खारेज

२०७४,भाद्र,२७,मंगलवार १२:०१

0
Shares

काठमाण्डौं, २७ भदौ ।डिआइजी नवराज सिलवालले आफूलाई आइजी बनाउन दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । डिआइजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन दायर गरेको रिट सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले आज खारेज गरेको हो ।सर्वोच्चले रिट खारेज गरेसँगै सरकारको प्रकाश अर्याललाई आइजी बनाउने निर्णय सदर भएको छ ।सर्वोच्चको फैसलामा कार्यसम्पादन मूल्याङ्कनमा प्रकाश अर्याल नै नवराज सिलवालभन्दा अघि देखिएको उल्लेख छ । यसअघिको फैसलामा भने सिलवाल अघि रहेको उल्लेख थियो ।आजको फैसलामा अर्यालको कार्यसम्पादन मूल्याङ्कन नम्बर ५४.२ रहेको उल्लेख छ भने सिलवालको ५२.४ मात्र छ।प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत पूर्ण इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । 

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार १२:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००