पाँच लाखका लागि लखेटेर हत्या

दुईजनाको समूहमा रहेका अज्ञात लुटेराले आइतबार दिउँसो दुई बजेतिर ओमसतिया –५ पट्खौलीका ३५ वर्षीय मेहन्द्र कुर्मीको हत्या गर्नुको साथै उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटी लगेका छन् ।

भैरहवास्थित हिमालयन बैंकबाट रकम निकालेर पत्नी विजयलक्ष्मी र काखको बच्चासहित मोटरसाइकलमा घरतर्फ गइरहेका कुर्मीलाई लुटेराले रोहिणी गाउँपालिका–३ रोहिणी खोलानजिक गोली हानी हत्या गर्नुका साथै रकम लुटी फरार भएका थिए ।

पछ्याउँदै मोटरसाइकलमा आएका, मुखमा कपडा बेरेका दुईजनाले गुडिरहेको मोटरसाइकल नजिक ल्याई पछाडि बस्नेले सर्ट तानेर कुर्मीको मोटरसाइकल लडाएका थिए र उनीहरु लडेपछि आफ्नो मोटरसाइकल रोकी गोली हानेको मृतककी पत्नीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?