दशैँमा युट्युबमार्फत ‘छक्का पञ्जा २’

काठमाडौं । दशैँमा दीपक–दीपाको फिल्म ‘छक्का पञ्जा २’ युट्युबमार्फत सार्वजनिक गरिने भएको छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले दशैँको अवसर पारेर युट्युबमार्फत चलचित्र सार्वजनिक गर्न लागिएको जानकारी दिनुभएको हो ।

आफ्नो फिल्म ‘छ माया छपक्कै’ दशैँपछि रिलिज हुने भएपछि हलमा फिल्म हेर्न नपाएका दर्शकलाई प्रतिक्षारत चलचित्रबाटै भएपनि मनोरञ्जन दिलाउने दीपक–दीपाको रहेको छ ।

चलचित्रमा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, वर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?