तेलुगु चलचित्रमा काम गर्दै नायिका परमिता

काठमाण्डौं । नेपाली नायिका परमिता राणाले तेलुगु चलचित्रमा काम गर्नुहुने भएको छ । नायिका राणाले सामाजिक संजालमार्फत तेलुगु चलचित्रमा काम गर्ने जानकारी दिदै आफू निकै उत्साहित भएको जानकारी दिनु भएको हो । तेलुगु चलचित्रका सुपरस्टार नायक गोपीचन्दसँग स्क्रिन शेयर गर्न लागेको उहाँले जानकारी गराउँनु भएको हो ।

एसभीसीसी फिल्मस्को ब्यानरमा बन्न लागेको तेलुगु चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको भन्दै उहाँले अडिसनबाट आफू छनोट भएको पनि बताउनु भएको छ । एक मन्दिरमा शुभसाइत गरिएको चलचित्रको छायांकन आउँदो जुनबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?