ओली–प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल भएको हो ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँके घटना, विधेयकहरु, भ्रस्टाचार,महंगी लगायतका विषयमा छलफल भएको जानकारीदिए ।
दुई घण्टा बढीको संवादका क्रममा पार्टीले समग्र मुद्दामा सरकारलाई सचेत गराएको प्रवक्ता शर्माले जानकारी दिए ।
छलफलका क्रममा काँग्रेस नेता रामचन्द्र पौडेलसमेतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?