काठमाडौं । एपीवान टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजीव जैनले आज एक कार्यक्रमकाबिच आफूले जितेको एक करोड रुपैयाँ प्राप्त गर्नुभएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गर्दै जैनलाई एसआरवीएन मिडियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, अभिनेता राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिभ निर्देशक सुरक्षा अधिकारी लगायतले को बन्छ करोडपति सिरीजका विजेता जैनलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
रियालिटी शो का क्रममा आफूले पाएको रकमले विश्व भ्रमण गर्ने बताउनुभएका जैन भन्नुहुन्छ, ‘अब केहि प्रतिशत समाजसेवामा खर्च गर्छु ।’
चेक हस्तान्तरणपछि एसआरबीएन मिडियाका प्रमुख कार्यकारी अधिकृत सिइओ आचार्यले पहिलो संस्करणको सफलताले दोस्रो संस्करण छिट्टै ल्याउने बताउनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया