प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप : एपीएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब पहिलो संस्करणको ’प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नयाँ बस पार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

निकै रोमान्चक बनेको खेलमा पुलिसले सुरुवाती दुई सेट २५–२१ र २५–२० ले जितेको थियो । तर, तेस्रो र चौंथो सेट एपीएफले २५–२० र २५–२१ ले जित्दै खेल रोमान्चक मोडमा ल्याएको थियो । तर, अन्तिम सेटमा एपीएफमाथि १६–१४ को सेटमा जित निकाल्दै पुलिस उपाधि नजिक पुग्न सफल भयो ।

अब पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी गण्डकीलाई ३–१ को सेटमा हराएर यसअघि नै फाइनल पुगिसकेको छ । फाइनल खेल सोमबार हुनेछ ।

प्रगतिशील यूवा नेपालको योजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछ । यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?