काठमाडौं, २२ पुस । पछिल्लो समय व्यस्त पर्यटकीय क्षेत्रका रूपमा पहिचान बनाएको काठमाडौंको चन्द्रागिरी डाँडोमा गत मंगलवार १० जना हिवलचियरवाला व्यक्ति पुगे शारिरीक अशक्तहरूका अभिभावक, अपाङ्गताको क्षेत्रमा काम गर्ने अधिकारकर्मी एवं अभियन्ता तथा रोटरी क्लव अफ जावलाखेलका रोटरियनहरु त्यहाँ पुगे । र यसरी सबै व्यक्तिहरू यहाँ पुग्नुको खास उदेश्य हिवलचियरमा रहेका १० व्यक्तिलाई बोसिया खेल खेलाउन पुगेका थिए । आफ्ना अपाङ्ग बालबच्चा लिएर गएका उनीहरुका अभिभावकका लागि यो क्षण झनै भावनात्मक र रोमान्चक थियो बोसिया खेल रोटरी क्लव अफ जावलाखेल सहयोग, एड्राड नेपाल, समाज कल्याण परिषद अपाङ्ग साहयता कोष, अपांगता भएका ब्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्द्रको संयोजन र नेपाल बोसिया एसोसियसन फर द डिस्याबल नामक संस्थाको आयोजनामा भएको थियो । बोसिया खेल शारिरीक रूपमा अशक्त व्यक्तिलाई लक्षित खेल हो कार्यक्रममा मन्तव्य राख्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्वन जीवन पद्धती केन्द्र, काठमाडौं (आइएल) की महासचिव जमुना सुवेदीले आफूहरूले सरकारसँग सहयोगी सेवा, सहायक सामग्री, अपाङ्गमैत्री भौतिक संरचना, शारिरीक र मानसिक क्षमता अनुकूलको रोजगारीको माग गरको र रोजगारी दिन नसक्ने अवस्थामा पर्याप्त सामाजिक सुरक्षा भत्ताको माग राखेको बताइन् । रोटरी क्लव अफ जावलाखेलकी अध्यक्ष शारदा आर्चाय पोखरेलले खेलको उद्घाटन गर्दै अपाङग्को हक हित एवं वृति विकासका लागि रोटरी क्लव अफ जावलाखेल सदैव प्रतिवद्व रहेको र आउदा दिनमा पनि अपाङगका कुनै पनि खालका रचनात्मक काममा क्लव हातेमालो गर्न सदैव तयार रहने प्रतिवद्वता जनाईन् । कार्यक्रममा अपाङग् बालिका शुभेच्छा खतिवडाकी अभिभावक शोभा विष्ट खतिवडाले बोसिया खेलको आयोजनावाट अरु खेलवाट वञ्चित भएपनि अपाङ्ग खेल्ने खेल पनि रहेछ भन्ने सन्देश मिल्दा खुशी लागेको बताईन पर्यटनमा खेलकुदको आवश्यकतालाई बोध गराउन पनि उक्त खेल चन्द्रागिरिमा आयोजना गरिएको नेपाल बोसिया एसोसियसन फर द डिस्याबलकी अध्यक्ष गोमा पौडेलले बताईन । बोसिया खेलबाट पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि यस्ता खेल सहयोगी हुने पौडेलको भनाई थियो । खेलमा मस्तिष्क पक्षघात भएका, मस्कुलर डिस्ट्रबी, स्पाइनल बाफिडा, सिभियर स्पाइनलका शिकार भएका अपाङग्हरुको सहभागिता रहेको थियो । अपाङ्गलाई पनि नयाँ ठाउं देख्ने, खेल्ने, खेलको आनन्द लिने रहर हुने हुँदा हिवलचियरको सहयोग लिनुपर्ने अपाङ्गका लागि उक्त बोसिया खेलको आयोजना गरिएको एड्राड नेपालका अध्यक्ष डा विरेन्द्रराज पोखरलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया