नेप्सेमा एनआईसी एसिया बैंकको शेयर मुल्य समायोजन

काठमाडौं । एनआईसी एसिया बैंकको शेयर मूल्य नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । बैंकको लाभांशको लागि बुक क्लोज भएपछि शेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएपछि कम्पनीको शेयर मूल्य ४०७ दशमलव २६ रुपैयाँ कायम भएको छ । आज भदौ २९ गते कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गरेको छ । भदौ २६ गते कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र बैंकले दिने लाभांश पाउन सक्ने छन् ।

आर्मी अफिसर्स क्लबमा बैंकले असोज १० गते शुक्रबार बिहान ९ बजे सभा आह्वान गरेको छ । उक्त सभामा लाभांश सहितका विभिन्न १० प्रस्ताव पेश हुनेछन । बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनिहरुलाई २१ दशमलव ०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले दिने लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र बाँकी बोनस सेयरमा लाग्ने कर सहित ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश बितरणपछि बैंकको चुक्ता पुंजी ९ अर्ब ७१ करोड ७६ लाख पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?