द्वन्द्वकालीन मुद्दा टुंग्याउन सोचेजस्तो सजिलो छैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालीन मुद्दा टुंग्याउन सोचेजस्तो सजिलो नभएको बताउनुभएको छ । सहिद प्रष्तिठानको ११ औं साधारणसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)लाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको दाबी समेत गर्नुभयो ।

टीआरसीको संयोजकमा दलहरुबीच समझदारी भएसँगै जटिलता देखा परेको उहाँको भनाई छ । ‘अहिले पनि यो प्रक्रिया सकारात्मक ढंगले टुंगोमा पुग्न नदिने, उद्योगका रुपमा चलाउने र टीआरसीलाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?