राष्ट्रिय वाणिज्य बैंकको शाखा डोल्पामा पनि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो विस्तारको क्रममा देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पामा शाखा कार्यालय सन्चालनमा ल्याएको छ । २३८ औं शाखाको रुपमा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका–१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको शाखा कार्यालयको उद्घाटन गर्नुभएका हुन् । उक्त कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुँच पुर्याएकोमा बैंकको थप प्रगतिको लागि शुभकामना समेत ब्यक्त गर्नुभयो ।

बैंकको ५ नं.प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले बैंकका प्रमुख कार्यकारी अधिकृतको बैंकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुंच पुगेको संदेश सम्प्रेषण गर्नुभएको थियो । वाणिज्य बैंकको गत आ।व। २०७५-०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा रहेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५।५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार सञ्चालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।

यसै बीच डोल्पा जिल्लामै छार्काताङ्गसोङ्ग गाउँपालिका-४ स्थित २३७ औँ शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार शुभारम्भ भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?