बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्त नबुझेपछि कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं । बाँके घटनालाई लिएर नेपाली कांग्रेसले आइतबारको संसद अवरुद्ध गरेको छ । संसद सुरु हुनासाथ कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले समय लिएर बोल्नुभएको थियो । त्यसपछि गृहमन्त्री रामबहादुर थापाले घटनाबारे गृहमन्त्रीले जवाफ दिएपनि कांग्रेस सांसदहरुले चित्त बुझाएनन् ।

त्यसपछि कांग्रेस सचेतक पुष्पा भुसालले घटनाको बारेमा गृहमन्त्री थापाले दिएको जवाफको आलोचन गर्नुभयोे । उहाँले किटानी जाहेरी दिएका व्यक्तिहरुलाई कारबाही अगाडि नबढाएसम्म सदन चल्न नदिने चेतावनी दिनुभयो ।

बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?