चीनको बिआरआई परियोजना नेपालको हितमा छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) नेपालको हितमा रहेको बताउनुभएको छ । नेपाल बुद्धिजिवी संगठनले आइतबार काठमाडौँमा आयोजना गरेको बिआरआई संवाद गोष्ठीमा अध्यक्ष दाहालले बिआरआईले कुनै सैन्य गठबन्धनको गन्ध नदिएको बताउनुभयो । बिआरआई परियोजनाको उद्देश्य सैन्य गठबन्धन नभई बरु विश्व शान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने रहेको उहाँको भनाई छ ।

‘बिआरआईले कुनै सैन्य गठबन्धनको गन्ध दिएको छैन । यसले सामुहिक ढंगले शान्ति, विकास, समृद्धि र सोसियल हारमोनीको पक्षमा अपिल गरेको छ । त्यसकारण यो सबैको लागि सहज र स्वीकार्य हुन पुगेको छ,’ दाहालले भन्नुभयो, ‘यसबाट हामीले धेरै लाभ लिन सकिन्छ । बिआरआईको मक्सद विश्व शान्ति, मानवजातिको समृद्धि र हारमोनिकल सोसाइटी बनाउने परिकल्पना गरेको छ ।’

कार्यक्रममा अध्यक्ष दाहालले निकट भविष्यमा हुन सक्ने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बीचमा बिआरआईको विषयमा बहस सुरु हुनु सकारात्मक भएको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?