कति भित्रिँदै छन् दशैंका लागि उपत्यकामा खसीबोका ? धान्ला त उपत्यकाको माग ?

काठमाडौं । दशैं नजिकिए सँगै उपत्यकामा मात्र ६० हजार खसी, बोका तथा च्याङग्रा आवस्यक पर्ने व्यबसायीहरुको अनुमान छ । दशैंको समयमा उपत्यकामा मात्र नभएर देशैभरि नै मासुको अत्याधिक खपत हुने गर्दछ ।

व्यबसायीहरुका अनुसार प्रत्येक वर्ष करिब ५० हजार खसीबोका तथा करिव १० हजार च्याङग्रा गरि ६० हजारसम्म खपत हुने गरेको बताउछन । तर अत्याधिक मात्रामा मासुको खवत हुने भएकाले जहिल्यै बजारमा अभावको अवस्था देखिने गरेको छ । साथै यस वर्ष पनि २५ देखि ३० हजारसम्म खसिबोका अझै कम हुनसक्ने व्यबसायी दिपक थापाले जानकारी दिनुभयो । व्यवसायी थापाका अनुसार , ‘आयातमा कडा गरिएको र स्थानीय उत्पादनले माग धान्न नसक्दा दसैंमा अभाव हुने देखिन्छ।’ आयातमा कडाइ गरेपछि बजारमा अभाव हुँदा यो वर्ष खसीबोकाको मूल्यसमेत बढेको छ ।

अहिलेदेखि नै दशैंलाई लक्षित गरेर खसीबोका भित्रिन थालिसकेका छन् । विशेषगरी उपत्यकामा घटस्थापनाको दिनदेखि दसैंलाई लक्षित खसीबोका भित्रन सुरु गर्छ ।
सरकारले खसीबोकाको आयात कडाई गरे पनि प्रहरी प्रशासनको मिलेमतोमा भारतबाट खसीबोकालाई नेपाली भनेर भित्राइरहेको व्यबसायीहरुको आरोप छ ।

चोरी तस्करीबाट खसीबोका भित्राउँदा राजस्वसमेत गुम्ने गर्छ । “यसरी सरकार नै मूल्य बढाउनमा प्रोत्साहन गरिरहेको छ,” व्यबसायी थापाले बताउनु भयो । सरकारले बजार मूल्य निर्धारण नगर्दा व्यवसायीले मनपरी मूल्य निर्धारण गर्दा त्यसको असर आम उपभोक्तामा पर्न गएको छ भने प्रहरी प्रशासनसँग मिलेर गैरकानुनी तरिकाले ल्याएका खसीबोका स्वदेशी भनेर बिक्री भइरहेका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले सरकारले आयातमा कडाई गरेपछि बजारमा अभाव देखाएर व्यवसायीले मूल्य बढाउँदा त्यसको असर आम उपभोक्तामा गर्न गएको बताए ।

पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले स्थानीय उत्पादनले बजार माग पुरा गर्ने बताए । उनका अनुसार उपत्यकामा वार्षिक ६ लाख खसीबोका चाहिन्छ । “मुलुकभर १ करोड १८ लाख खसीबोका रहेको हाम्रो अनुमान छ,” उनले भने, “दसैंमा बढी खपत हुने भए पनि स्थानीय उत्पादनले नै माग पूरा गर्छ ।” चारदेखि पाँच प्रतिशतमात्र अपुग रहेको उनको भनाइ छ ।

वार्षिक ३३ लाख खसीबोका काट्ने अनुमान छ । स्वदेशमा पर्याप्त खसीबोकाको उत्पादन भएपनि व्यवसायीहरू गाउँ गाउँमा खरिद गर्न नजाने गरेकाले अभाव रहेको बताउने गरेको उनको भनाइ छ । आवश्यक कागजपत्र पूरा गरेर खसीबोका ल्याउनेको लागि रोक नलगाएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?