बार्सिलोनाको शानदार जितमा भ्यालेन्सिया स्तब्ध

एजेन्सी । शनिबार राति भएको स्पेनिस लिगको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो । लुईस स्वारेजको दुई गोलमा बार्सिलानाले फराकिलो जित हात पारेको हो ।

तस्वीर गूगल

बार्सिलोनाको जितमा लुईस स्वारेजले दुई, अंशु फाती, डी जोङ र जेरार्ड पीकेले समान एक एक गोल गरेका थिए । भ्यालेन्सियाबाट गामिरो र गोमेजले समान एक एक गोल गरेका थिए ।

बार्सिलोना ४ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । भ्यालेन्सिया ४ अंक जोड्दै तालिकाको १४ औ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?