संस्कृतिविद् डा. टण्डनको पुस्तक‘नेपालमा गुठी व्यवस्था’ विमोचित

काठमाण्डौं । संस्कृतिविद् डा. गोविन्द टण्डनको पुस्तक ‘नेपालमा गुठी व्यवस्था’को लोकार्पण गरिएको छ ।

पुस्तकको शनिबार राजधानीमा एक कार्यक्रमकाबीच वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले लोकार्पण गर्दै गुठीसम्बन्धी विषयलाई समेटिएको पुस्तक जानकारीमूलक रहेको बताउनुभयो ।

उहाँले गुठी नेवार समुदायकोमात्र नभइ सबैको भएको भन्दै विगतमा राज्य व्यवस्थापनमासमेत गुठीको भूमिका रहने गरेको बताउनुभयो ।

वि.सं. २०४२ सालमा प्रथमपटक प्रकाशित डा. टण्डनको पुस्तक २०५२ सालमासमेत संशोधन गरी प्रकाशित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?