ओली सरकारले समाजवादको मुल मर्म नै बुझेन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकार नै वर्तमान व्यवस्थाप्रति वितृष्णा फैलाउन लागेको आरोप लगाउनुभएको छ । वीपी जयन्तीको असरमा कीर्तिपूरमा आयोजित कार्यक्रमा नेता पौडेलले दुई तिहाईको सरकारले केही काम गर्न नसक्दा आम नागरिकमा राजनीतिप्रति वितृष्णा बढेको उल्लेख गर्दै त्यो वितृष्णाका कारण व्यवस्थामाथि नै खतरा उत्पन्न हुने टिप्पणी गर्नुभयो ।

“सरकारले समाजवादको मुल मर्म नै बुझेन । कृषिलाई केन्द्रमा राखेर नीति बनाउन आवश्यक थियो । भ्रष्टचारबाट आजित जनतालाई राहत दिन सकेन् । अझ नेताहरु नै भ्रष्ट भएपछि कर्मचारीले भ्रष्टाचार गर्ने नै भए,” नेता पौडेलले भन्नुभयो, “यी कारणले राजनीतिबाट जनतामा वितृष्ण फैलिन सुरु भएको । यसो हुँदा व्यवस्था प्रति नै वितृष्ण बढ्दै गएर व्यवस्था नै खतरामा पर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?