२०७८,असार,८,मंगलवार

महोत्तरीमा घाँटी थिचेर एक युवकको हत्या


जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–२ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव पाइएको हो ।

बैठाको घाँटी थिचेर हत्या गरी फालिएको अवस्थामा आज बिहान करीब ९ः०० बजेतिर वनमा घाँस काट्न गएका महिलाले देखेपछि गाउँमा होहल्ला गर्दै जाँदा गाउँलेले प्रहरीलाई खबर गरेका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । बेला गाउँदेखि भङ्गहिया गाउँ जाने बाटोमा पर्ने फेकन महासेठको धान खेतको बीचमा शव फेला परेको हो । बैठालाई अत्यधिक बलपूर्वक घाँटी थिचेका कारण दुवै आँखा बाहिर निस्केको अवस्थामा शव फेला परेको हो ।

गाउँमा दुई/तीन दिनदेखि दाहा मेला लागेका अवस्थामा गएराति केही व्यक्तिले युवक बैठालाई फोन गरी मेला हेर्न बोलाएको थियो । तर अबेर रातिसम्म उनी फर्केर घर नआएपछि गाउभरि र आफन्तकामा उनको परिवारजनले खोजी गरे पनि कुनै पत्तो लागेको थिएन भने आज बिहान उनको हत्या गरिएको अवस्थामा शव फेला परेको उनका दाजु मुकेश बैठाले बताउनुभयो ।

प्रहरीले हत्या गरिएका युवकको शवको स्थलगत मुचुल्का तयारी गरी अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

रासस

प्रकाशित मिति: २०७६,भाद्र,२८,शनिवार १४:३९


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गत आइतवार राति करिब १० बजे तिर दाङको लमही ७ स्थित सम्राट सिमेन्ट उद्योगमा चुन ढुंगा छोडेर फर्किंदै

काठमाडौं । काठमाडौंको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका

धनगढी-टेकसिँह धामी । असार ५ गते जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीको मोबाइल फोन