प्रधानमन्त्री बन्न हतार छैन : प्रचण्ड

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न हतार नभएको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका क्रममा इलाम पुग्नुभएका अध्यक्ष दाहालले पत्रकारहरुसँग शनिबार बिहान कुरा गर्दै केपी ओली नेतृत्वको सरकारले नै पूरा अवधि निरन्तरता पाउने संकेत गर्नुभएको हो । उहाँले आफूले बहुमतसहित ५ वर्ष प्रधानमन्त्री बन्ने अवसर पाएपनि मुलुकको हित र जनचाहना बमोजिम उभिएर ओली नेतृत्वमा सरकार बनेको बताउनुभयो ।

फकर प्रसंगमा उहााले पार्टी एकतालाई मजबुत बनाउँदै समाजवाद निर्माणकालागि पार्टीमा छलफल गरेर अवस्था अनुसार निर्णयमा पुगिने बताउनुभयो । ७० वर्ष लामो संघर्षपछि जनसहभागितामा बनेको संविधान र गणतन्त्रमाथि खतरा नभएको प्रष्ट्याउदै उहाँले गणतन्त्र विरोधीहरुको हरकत भने सही नसक्नु हुन थालेको जिकिर गर्नुभयो ।

अन्तराष्ट्रिय सम्बन्धका विषयमा प्रष्टीकरण दिँदै अध्यक्ष दाहालले कुनै पनि देशको पक्ष र विपक्षमा आफूले प्रतिकृया नदिएको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?