चलचित्र ‘रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । चलचित्र ‘रातो टिका निधारमा’को शीष गीत सार्वजनिक भएको छ । पुरानो चलचित्र ‘अल्लारे’मा समावेश गीतलाई रिमेक गरेर चलचित्र ‘रातो टिका निधारमा’मा समावेश गीतमा प्रमोद खरेल र मेलिना राइले स्वरवद्ध गर्नुभएको छ ।

असोजको १० गतेबाट रिलिज हुन लागेको चलचित्रको शीष गीत शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

अशोक शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रको गीतमा शम्भुजित बास्कोटाको संगीत तथा सहदेव ढुंगानाको शब्द रहेको छ । पुरानो गीतमा भने उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो ।

गीतमा चलचित्रका मुख्य कलाकारहरु नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नव–कलाकार अंकित शर्मा, नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बुद्दि तामाङ, कलाकारहरु बसुन्धरा भुषाल, अरुणा कार्की लगायतलाई फिचरिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?