काठमाडौं, २२ पुस- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जास्पद पराजय हुनुमा राप्रपाले नौ वटा कारण औंल्याएको छ। तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकले पार्टी विभाजनदेखि कांग्रेससँगको तालमेलसम्मलाई पराजयको मुख्य कारण भनेको छकांग्रेससँग मिलेर बनाएको लोकतान्त्रिक गठबन्धन प्रभावकारी नभएकाले पराजित हुनुपरेको राप्रपाको निष्कर्ष छ। शुक्रबार पार्टीका निर्णय सार्वजनिक गर्दै राप्रपाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेससँग भएको लिखित सम्झौता कार्यान्वयन नभएको आरोप लगाएको छयस्तै, राप्रपाले देशभर कम उम्मेदवारी दिनुलाई पनि पार्टी पराजयको अर्काे कारण भनेको छ। राप्रपाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले पार्टी विभाजन गरेको आरोप लगाउँदै निर्वाचनको सम्मुखमा भएको विभाजनलाई पनि पराजयको कारण बताएको छसंविधान संशोधनबारे पार्टीले स्पष्ट अडान र धारणा राख्न नसकेको उल्लेख गर्दै राप्रपाले सरकारमा सहभागिताबारे जनतालाई बुझाउन नसकिएको स्वीकार गरेको छ। यस्तै सिद्धान्तप्रति पार्टी नेतृत्व प्रतिबद्ध नरहेको भ्रम जनतामा गएको उसले जनाएको छ। चुनावका बेला साधन-स्रोत अभाव रहेका कारण पनि परिणाम अनपेक्षित आएको राप्रपाको ठहर छ। अन्नपूर्ण पोस्टमा खबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया