एकता खाका काेर्दै ओली-प्रचण्ड

काठमाडौं, २२ पुस- अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार छलफल गरेका ओलीले शुक्रबार बिहान वरिष्ठ नेता माधव नेपालसँग एक्लै छलफल गरेका थिए। एकता प्रक्रियामा सबैलाई सहभागी गराउँदा जटिलता देखिने भएपछि माओवादी अध्यक्ष दाहाल र ओलीले मात्र छलफल गरी खाका बनाउने र त्यसमा दुवै पार्टीलाई सहमति गराउने रणनीति लिएका हुन्‘दुई नेताबीच गम्भीर छलफल गरेर एकताको खाका आउँछ,’ एमाले नेता शंकर पोखरेलले भने, ‘६ बुँदे सहमति गर्दा नै शीर्ष नेताले एकताको पहल गर्ने उल्लेख थियो।’ पार्टीको नेतृत्व र संरचनाबारे टुंगो लागेपछि मात्र एकतालाई तल्लो तहसम्म लैजाने नेताहरू बताउँछन्‘फुड पोइजन’ का कारण अस्वस्थ ओलीले एकताका अनेक खाकाबारे पार्टी नेताहरूसँग आन्तरिक छलफल तीव्र पारेका छन्। नियमित स्वास्थ्य जाँचका लागि पुस २६ गते बैंकक जान लागेका ओलीले त्यसअगावै एमाले नेताहरूको सुझावका आधारमा दाहालसँग पार्टी एकताका लागि लामो छलफल गर्ने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?